२०७ जना पकेटमार पक्राउ, यस्तो छ पकेट मार्दा प्रयोग गर्ने सांकेतिक भाषा
प्रकाशित मिति
२०७८ आश्विन १८ गते, सोमबार ०४:१३
प्रहरीले सवारीसाधनमा पाकेटमारी गर्ने र चोरी गर्ने २०७ जनालाई काठमाडौं प्रहरी परिसरले काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको छ । काठमाडौको रिङरोड वाहिर र भित्री ईलाकामा चल्ने सार्बजनिक यातायातहरु सपिङ्ग महल , मुख्य मुख्य मार्केटहरुमा पाकेटमारी गर्ने २०७ जनालाई पक्राउ गरेको हो ।
काठमाडौं प्रहरी परिसरले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी पाकेटमाराहरुलाई पकाउ गरेको परिसरका एसएसपी अशोक सिंहले बताए ।बस तथा माईक्रोबसमा यात्रा गर्ने यात्रुहरु तथा किनमेल गर्न गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोवाईल, गरगहना चोर्दा चोर्दे रङ्गे हात तथा पटके पाकेटमारहरु २०७ जना पक्राउ गरि अनुसन्धान भईरहेको उनले बताए ।
उनका अनुसार सार्वजानिक बसहरुमा विभिन्न बस पकेटहरुबाट २र२ जनाको दरले ६ जना सम्मको ग्रुप वनाई वस भित्र छिर्ने र पैसा भएको यात्रु पत्ता लगाई अगाडी पछाडीबाट घेरावन्दीमा पारि ठेलमठेल को अवस्था वनाई मौका छोपि मोवाईल, नगद र सुनचाँदी पकेटमारी गरि पालो पालो गरि ओर्लने गरेका पाइएको छ ।
उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषा प्रयोग गर्ने पाइएको उनले बताए । उनीहरुले पैसालाई द , मोवाईललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने ९मास्टर० लाई काशी, पैसा धेरै छ लाई टानको द , पैसा थोरै छ लाई जुटको द , गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठल्दाई आयो , ड्राईभरलाई माम, खलासीलाई मले गाडीवाट झरेर भागलाई टप्की गाडी भित्र अगाडी सरलाई अकल जा,गाडी भित्र पछाडी सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए ।








प्रतिकृया