• १९ असोज २०८३, सोमबार
  • ५ः१२ बेलुका

माछापुच्छ्रे बैंक २२ वर्षमा, २० वर्षभन्दा बढी समय काम गर्ने कर्मचारी सम्मानित

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार ०५:४०

१७ असोज, २०७८ काठमाडौँ : माछापुच्छ्रे बैंक लिमिटेड २१ वर्ष पूरा गरी २२ औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा बैंकले एक कार्यक्रमका बीच २० वर्ष भन्दा बढी निरन्तर सेवामा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हो । यस अघि नै बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ल्याएको आफ्नो १० दिने क्यासब्याक अफरको आज अन्तिम दिन रहेको छ ।

National Life

जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ-कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक २१० रुपैयाँसम्म र अफर अवधि भर अधिकतम २१०० रुपैयाँसम्मको क्यास ब्याक पाउन सक्नेछन् । क्यास ब्याकको अतिरिक्त ग्राहकहरुलाई दैनिक आकर्षक उपहारहरु पनि प्रधान गरी रहेको छ ।


डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैंकिङबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया