• २० असोज २०८३, मंगलबार
  • ४ः०२ बिहान

गोठाटारबाट २६ सय किलो पटाका बरामद

प्रकाशित मिति

२०७८ आश्विन १७ गते, आईतवार १२:३०

१७ असोज, २०७८ काठमाडौँ : काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित गोठाटारबाट प्रहरीले ठुलो परिमाणमा पटाका बरामद गरेको छ । गएराती अपराध महाशाखाबाट खटिएको टोलीले करिब २६ सय किलो पटाका बरामद गरेको हो ।

National Life

तिहार र छठमा बिक्री गर्ने योजनासहित तराईको बाटो हुँदै काठमाडौँमा पटाका ल्याएको सुराकको आधारमा महाशाखाले गोठाटारको गोदाममा छापा मारेको थियो । पटाका बरामदबारे आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिइने महाशाखाले जनाएको छ ।


नाकामा चेकजाँच कडा नहुँदा सो पटाका काठमाडौं भित्रिएको थियो । काठमाडौँ प्रहरीले दसैँ लक्षित सुरक्षा योजना सार्वजनिक गरेपनि नाकामा चेकजाँच कडा पारिएको छैन् । गोदाम सञ्चालकले दसैँपछि बेच्नेगरी सो पटाका भारतबाट मगाएर स्टोर गरेर राखेको महाशाखाका एक अधिकृतले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया