• २१ असोज २०८३, बुधबार
  • ४ः२२ बिहान

कुलमानले काटे इन्टरनेटको तार, विभिन्न स्थानहरुमा सेवा अवरुद्ध

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार १२:५८

१६ असोज, २०७८ काठमाडौँ : नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको तार काटिदिएको छ। प्राधिकरणले आज विभिन्न स्थानहरुमा रहेका इन्टरनेट सेवा प्रदायकहरुको तार जबर्जस्तीरुपमा काटिदिएको हो। सो क्षेत्रमा हाल इन्टरनेट सेवा डाउन भएको इन्टरनेट सेवा प्रदायक संघले जानकारी दिएको छ। यसले इन्टरनेट सेवा नै अवरुद्ध भएको उनले स्पष्ट पारे ।

National Life

प्राधिकरणले पोल भाडा नतिर्ने सेवा प्रदायकहरुको तार काटिदिने चेतावनी दिँदै असोज १५ गतेसम्मको समय दिएको थियो । आज असोज १६ गते तार काटिदिएको र यसले सेवा अबरुद्ध भएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन्। “अत्यावश्यक सेवा अन्तरगत पर्ने र हालको समयमा अन्य सेवाहरु समेत सोहीआधारमा चलिरहेको एनईएले गंभिररुमा दूरसञ्चार सेवामा आक्रमण गरेको छ,” संघले बतायो।


उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको आदेशमा नै तार काटिएको र शाखाहरुले काट्न कर्मचारीहरु परिचालित गरेको जानकारी दिए । प्राधिकरणले बुटवल, ताप्लेजुङ्ग, भरतपुर वितरण केन्द्र लगायतमा तार काटिदिँदा हाल सेवा अवरुद्ध रहेको बताईएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया