लागूऔषध सहित एक जना पक्राउ
प्रकाशित मिति
२०७८ आश्विन १६ गते, शनिबार १२:५७

१६ असोज, २०७८ काठमाडौँ : चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध २ सय १० ट्याब्लेट नाईट्राभेट सहित सिरहा भगवानपुर नगरपालिका-२ बस्ने १९ वर्षीय श्रवण कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजबाट काठमाडौँतर्फ आउँदै गरेको बसलाई जाँच गर्नेक्रममा बसमा सवार श्रवणलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
अवैध रुपमा ल्याउँदै गरेको सामान बरामद
नवलपरासी, पाल्हीनन्दन गाउँपालिका-२ भक्सीपुरबाट अवैध रुपमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको करिब ३ लाख १६ हजार ७ सय ५० रुपैयाँ मूल्य बराबरको कपडाहरू शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याउँदै गरेको उक्त कपडाहरू सोही स्थानमा छोडेर मानिस फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
आगलागीबाट धनमाल जलेर नष्ट
खोटाङ, केपिलासगढी गाउँपालिका-७ विहिबारे बस्ने दिपक खरेलको घरमा बिहीबार बिहान आगलागी हुँदा सोही ठाउँमा रहेका प्रेम बहादुर खरेल र सुमन खरेल समेतको अन्य २ वटा घरमा समेत फैलिएर तिनैजनाको गरी करिब २५ लाख रुपैयाँ मूल्य बराबरको अन्नपात, लत्ताकपडा, भाडावर्तन लगायत सामानहरू जलेर नष्ट भएको छ । आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया