रक्तदान कार्यक्रम गर्दै प्रहरीले मनायो ६६औँ प्रहरी दिवस,गर्यो नवनिर्मित भवनको उद्घाटन
प्रकाशित मिति
२०७८ आश्विन १६ गते, शनिबार १२:३३

१६ असोज, २०७८ काठमाडौँ : ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बिच शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकज्यूहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्यााएको योगदानको चर्चा गरेका छन् ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठन सुदृढिकरण एवं प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको चर्चा गर्दै मातहत कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन क्रियाशिल रहेको बताए । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुलाई कृतज्ञताको चिनो प्रदान गिरयाे । समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने बताउँदै अवकाश प्राप्त प्रहरी महानिरीक्षक बोहराले प्रहरीले जनसहभागिता कार्यक्रमलाई अभिवृद्धि गर्दै अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए ।
कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, श्याम भक्त थापा, ओम बिक्रम राणा, हेम बहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्र कान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो । नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगंजद्वारा आयोजित उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय, उक्त अस्पताल लगायत उपत्यकास्थित विभिन्न कार्यालयका प्रहरी कर्मचारीहरु ६४ जना पुरुष र १० जना महिला गरी जम्मा ७४ जनाले रक्तदान गरेका थिए ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँगको समन्वयमा सम्पन्न रक्तदान कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।
त्यस्तै , सो अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीको प्रमुख आतिथ्यमा सम्पन्न भएको रक्तदान कार्यक्रममा प्रदेश प्रहरी कार्यालय, १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण, प्रदेश दंगा नियन्त्रण गण दुहवी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत ६० जना प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए । प्रदेश प्रहरी कार्यालय विराटनगर र नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोगमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सोहि अवसरमा जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास, नागरिक सहायता कक्ष र राजगढ गाउँपालिका-१ स्थित प्रहरी चौकी झुटकीको नवनिर्मित भवनहरूको शुक्रबार उद्घाढटन भएको छ । उक्त भवनहरूको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारले उद्घााटन गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट निवास एवं प्रहरी चौकी तथा २ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालय जनकपुरधामको आर्थिक सहयोगमा नागरिक सहायता कक्षको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा २ नम्बर प्रदेश संघिय प्रहरी ईकाइ कार्यालय जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजबिराजका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया