• 4:57 pm

कस्तो रहनेछ आजको मौसम ?

प्रकाशित मिति

२०७८ आश्विन १६ गते, शनिबार ०७:२४

१६ असोज, २०७८ काठमाडौँ : अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीको रहेको छ। बागमती, गण्डकी, प्रदेश नं २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।


शनिबार देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आइतबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश नं २ का धेरै स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।


साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने प्रदेश नं २ का एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । सोमबार भने देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया