• 4:29 pm

शाही पदवी गुमाए पनि आमनागरिकसँग बिहे गर्दै जापानकी राजकुमारी

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०५:३२

१५ असोज, २०७८ एजेन्सी : जापानकी राजकुमारी माकोले प्रेमी किइ कोमुरोसँग बिहे गर्ने भएकी छन् । आगामी २६ अक्टोबरमा उनीहरूको बिहे हुने घोषणा गरिएको छ । यसको घोषणा शुक्रबार गरिएको हो ।


२९ वर्षीया माकोले यसअघि सन् २०१७ मा इन्गेजमेन्ट गरेकी थिइन् । तर, कुमोरोकी आमाको आर्थिक लेनदेनसम्बन्धी मुद्दाका कारण सो विवाह हालसम्म टरेको थियो । राजकुमारी माको र कुमोरोबीच अन्तर्राष्ट्रिय क्रिश्चियन युनिभर्सिटीमा पढ्ने क्रममा भेट भएको थियो । यो जोडीले बिहेपछि अमेरिका जाने तयारी गरेको छ । त्यहाँ कुमोरोले वकिलको रूपमा काम गर्ने तयारी छ ।


यो वैवाहिक सम्बन्धका कारण राजकुमारी नाकोले आफ्नो शाही पदवी गुमाउने भएकी छन् । यस्तै, उनले १० लाख अमेरिकी डलरसमेत नपाउने अवस्था बनेको छ । शाही परिवार छोड्दा सामान्यतया सबैले पाउने यो रकम भने उनले गुमाउने भएकी हुन् ।


जापानको शाही परिवारमा राजगद्दी पुरुष सन्तानमा मात्र जाने चलन छ । जापानको शाही परिवारमा आमनागरिकसँग बिहे गरेपछि शाही दर्जा गुमाउने प्रचलन छ । यसरी नै सबैले बिहे गर्दै जाँदा सार्वजनिक कामका शाही परिवारका सदस्यको संख्या कम हुँदै जाने अवस्था बनेको छ । (सीएनएनबाट अनुदित)

प्रतिकृया