• १९ असोज २०८३, सोमबार
  • ३ः३७ दिउँसो

थप १०६६ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०४:५७

१५ असोज, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ।

National Life

शुक्रबार ९३८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १८ हजार ११५ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १० हजार ११३ पीसीआर तथा ३ हजार २५५ एन्टिजेन परीक्षण भएको छ।

प्रतिकृया