• ०६:२८ २०८१ बैशाख ७ गते
  • 6:28 am

सत्ता गठबन्धनको किचलोमा प्रचण्ड असन्तुष्ट, पेरिसडाँडामा स्थायी कमिटी बैठक जारी

प्रकाशित मिति

२०७८ आश्विन ११ गते, सोमबार १०:३८

maoist party office perisdada

११ असोज, २०७८ काठमाडौँ : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । मन्त्रिपरिषद विस्तारमा भइरहेको विलम्ब र पार्टीका अन्य आन्तरिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । सत्ता गठबन्धनमा दल विभाजन सम्बन्धी अध्यादेशको किचलोका कारण सरकार गठन भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन ।


अध्यक्ष प्रचण्डले बैठकमा यसबारेमा ब्रिफिङ गर्दैछन् । स्रोतका अनुसार आइतवारको गठबन्धनको बैठकमा प्रचण्डले दुई दिनभित्र मन्त्रिपरिषद बिस्तार नभए माओवादीका मन्त्री फिर्ता गरेर सरकारलाई समर्थन जारी राख्ने बताएका थिए । यति लामो समयसम्म सरकारले पूर्णता नपाउने र अपेक्षित कुनै काम नहुँदा आलोचना बढेपछि प्रचण्ड असन्तुष्ट छन् ।


उनले आजै विहान नेकपा एसका अध्यक्ष माधव नेपालसँग पनि यसबारे छलफल गरेका छन् । माओवादीका मन्त्री छान्नलाई प्रचण्डले जिम्मा पाइसकेकाले कुनै समस्या रहेको निकट स्रोतले जनाएको छ ।

प्रतिकृया