• 5:22 pm

पाङ्ग्रा नखुलेको बुद्ध एयरको विमान सफलतापूर्वक अवतरण

प्रकाशित मिति

September 27, 2021

११ असोज, २०७८ काठमाडौँ : काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा सोमबार बिहान अवतरण गर्न लागेको एउटा विमानको पाङ्ग्रा नखुलेका कारण केहीबेर तनाव भयो । रनवेमा अवतरण हुनै लाग्दा बुद्ध एयर विमान पाङ्ग्रा नखुलेपछि आकाशमै फर्किएको थियो । बुद्ध एयरको सो विमान सोमबार बिहानै काठमाडौँबाट विराटनगरतर्फ उडेको थियो ।


तर, विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौँ फर्किएको थियो । केहीबेर आकाशमा घुमेपछि विमान सफलतापूर्वक ल्याण्ड भएको बुद्ध एयरका दिपेन्द्र कर्णले बताए ।

प्रतिकृया