• १९ असोज २०८३, सोमबार
  • ५ः२९ बेलुका

माछापुच्छ्रे बैंकले २१ औं वार्षिकोत्सवको अवसरमा ल्यायो बम्पर अफर

प्रकाशित मिति

२०७८ आश्विन १० गते, आईतवार ०४:४९

१० असोज, २०७८ काठमाडौँ : माछापुच्छ्रे बैंकले आफ्नो २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१ प्रतिशत क्यास ब्याक र दैनिक उपहारको बहार ल्याएको छ । यो अफर यहि मिति २०७८ असोज ८ गते देखी १७ गते सम्मका लागि लागु रहने छ । जस अन्तर्गत ग्राहकहरुले डेबिट वा क्रेडिट कार्डबाट पिओएस वा इ९कमर्स साइटमा कार्डबाट कम्तिमा ३ वटा कारोबार गरी दैनिक रु २१० सम्म र अफर अवधि भर अधिकतम रु २१ सय सम्मको क्यास ब्याक पाउन सक्नुहुनेछ ।

National Life

क्यास ब्याकको अतिरिक्त ग्राहकहरुले दैनिक आकर्षक उपहारहरु पनि जित्न सक्नुहुनेछ । आकर्षक उपहारहरुमा अल्काटेलको ट्याब्लेट, सिजिको माइक्रोओभन, सामसुङ्ग माइक्रोओभन, इन्टेक्स ग्यास स्टोभ, पोलोरोइड क्यामरा, विभिन्न होटल तथा रेष्टुरेन्टहरुबाट प्रि गिफ्ट कुपनहरु ट्राभल प्याकेजहरु, फुडमाण्डुबाट गिफ्ट भौचर, भेस्पा स्कुटरको तर्फबाट हेल्मेट र ज्याकेट लगायत थ्रुपै उपहारहरु रहेका छन् ।


यस बाहेक सेल्सवेरीमा भुक्तानी गर्दा सेल्सवेरीको तर्फबाट हरेक दिन रु.५ हजार सम्मको गिफ्ट भौचर पनि जित्न सकिनेछ । वल्र्डलिंक,कल्पमार्ट,ग्यापु र व्भभखभ कबतजष् को तर्फबाट समेत अफर अवधिभर दैनिक गिफ्ट भौचरहरु जित्न सकिनेछ । प्चबतयक त्भअजलययिनथ को तर्फबाट विभिन्न ग्याजेटहरु र म्बचबश बाट खरिद गर्दा रु ४१० सम्मको डिस्काउन्ट पनि पाउन सकिनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

डेबिट र क्रेडिट कार्ड बाहेक बैंकको मोबाईल बैकिंङ्कबाट अफर अवधि भर कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्येबाट एक जनाले मेगा बम्पर उपहार स्वरुप फोनपेको तर्फबाट सामसुङ्ग ग्यालेक्सी एस २१ फोन प्राप्त गर्न सक्नुहुनेछ । माछापुच्छ्रे बैंक यही असोज १७ गते २१ वर्ष पुरा गरी २२ औँ वर्षमा प्रवेश गर्दै छ ।

प्रतिकृया