• २१ असोज २०८३, बुधबार
  • १२ः२८ राती

ताप्लेजुङमा एक युवती मृत अवस्थामा फेला

प्रकाशित मिति

२०७८ आश्विन ९ गते, शनिबार ०२:२९

९ असोज, २०७८ काठमाडौँ : ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका–७ मा एक युवतीको शव फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान फुङलिङ नगरपालिका–४ स्थित भानु जन माविमा अध्ययनरत १८ वर्षीया पुष्पा तबेबुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बाल नरसिंह राणाले रातोपाटीलाई बताए ।

National Life

बिहीबार साँझ घरबाट हराएकी पुष्पाको शव नजिकै विषको बट्टा समेत फेला परेको डिएसपी राणाले जानकारी दिएका छन् । डिएसपी राणाका अनुसार चट्टानमाथि मृतकको झ्याकेट भेटिएको र शव चट्टानमुनि फेला परेको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया