• 12:37 am

डिएफएसके दशैं अफरः थोरै डाउन पेमेन्ट, नगद छुट देखि इलेक्ट्रीक स्कुटर सम्म उपहार

प्रकाशित मिति

२०७८ भाद्र २७ गते, आईतवार ११:५४

२७ भाद्र, २०७८ काठमाडौँ : डिएफएसकेको लागि नेपालको आधिकारीक वितरक कुजु नेपालप्रालिले दशैं तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै ग्राहकमैत्री स्कीम सार्वजनिक गरेको छ । कुजु नेपाल सधै आफ्ना ग्राहकलाई उत्कृष्ट प्रडक्ट र आकर्षक अफर दिनलागि परेको छ । यहीशिलशिालामानजिकिदै गरेको दशैं, तिहार, नेपाल सम्बत र छठ पर्वको अवशर पारेर कम्पनीले आफ्नो ग्लोरी आई अटो एसयूभीमा विशेष स्कीम सार्वजनिक गरेको हो ।


उत्कृष्ट एआई टेक्नोलोजी प्रयोग भएको डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चड्न सक्नु हुनेछ । साथै, कम्पनीले ३ लाख ५० हजार सम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुट समेत दिनेछ । माथिको नगद छुट लिनन चाहने ग्राहकले इलेक्ट्रीक स्कुटर लिनचाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रीक स्कुटर सि १एस वाजि ५ वा इलेक्ट्रीक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्ने छन् । उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ ।


डिएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले भने १० लाख रुपैयाँमात्र डाउन पेमेन्टगर्दा पनि गाडी लिन सक्ने छन् । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ ।नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइकलिन सक्ने छन् । यो स्कुटर र माउन्टेन बाइकको मूल्य २ लाख ५० हजार बराबर हुने छ । ग्लोरी ५६० माकम्पनीले ५० हजार एक्स्चेन्जबोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदानगर्नेछ । इन्डोनेशियामा उत्पादन भएका ग्लोरी सिरिजका एसयूभी नेपाली ग्राहकले निकै मन पराउँदै आएको मोडल हो ।

प्रतिकृया