• ५ साउन २०८३, मंगलबार
  • ६:०४ बेलुका

अक्षय कुमारकी आमाको निधन : नायकले लेखे, ‘यो पीडा असह्य’

प्रकाशित मिति

२०७८ भाद्र २३ गते, बुधबार ११:००

२३ भाद्र, २०७८ काठमाडौँ : बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।


आमाको नाममा अक्षय कुमारको पोस्टः

Kamana Sewa

अक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईंहरुको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौं । ओम शान्ति ।’

Classic Tech Desktop

अक्षय कुमारको यो पोस्ट देखेपछि सबैले उनकी आमालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । प्रशंसक र बलिउड सेलिब्रिटीले कमेन्टमा अक्षय कुमारलाई सान्त्वना दिएका छन् । एजेन्सी


प्रतिकृया