• ६ असोज २०८३, मंगलबार
  • १२ः१० दिउँसो

तालिवानको क्याबिनेटमा बुद्धमूर्ति ध्वस्त पार्ने देखि आतंकवादी घोषितहरुसम्म

प्रकाशित मिति

२०७८ भाद्र २३ गते, बुधबार १०:४२

२३ भाद्र, २०७८ काठमाडौँ : अफगानिस्तानमा बन्दुकको बलमा सत्ता कब्जा गरेको तालिवानले मुल्लाह मोहम्मद हसन अकुन्डको नेतृत्वमा क्याबिनेट घोषणा गरेको छ । क्याबिनेटमा कुनैपनि महिला सदस्य छैनन् । सबै कट्टरपन्थीहरु छन् ।

National Life

तालिवान सरकारको अन्तरिम प्रधानमन्त्री अकुन्ड विश्वकै सबैभन्दा विशाल बमियानको बुद्धमूर्ति ध्वस्त पार्न आदेश दिने हुन् । सन् २००१ मा विश्व सम्पदा बामियानको बुद्धमूर्ति ध्वस्त पारेपछि तालिवानको विश्वभरबाट आलोचना भएको थियो । मुल्लाह हसन संयुक्तराष्ट्रसंघको आतंकवादीको सूचीमा छन् । उनी सर्वाधिक खोजीमा परेका आतंकवादीमध्येका हुन् ।


अन्तरिम प्रधानमन्त्रीको दौडमा मुल्लाह हसन र मुल्लाह गनी थिए । गनी कतारस्थित तालिवानको राजनीतिक कार्यालयका प्रमुख थिए । तर, यी दुईबीच प्रधानमन्त्रीको विवाद मिलाउन पाकिस्तानको खुफिया एजेन्सी आइएसआइ प्रमुख जनरल फैज हमिद काबुल पुगेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

आइएसआई प्रमुख हमिदले तालिवानभित्र शक्तिसंघर्षमा सहमति बनाइदिए । पाकिस्तानको तालिवान सरकारमा भूमिका प्रष्ट देखिएको छ । आतंकवादी गतिविधिमा मुछिएको हक्कानी नेटवर्क र कान्दाहार आधार बनाएको तालिवानको समूह नयाँ क्याबिनेटमा हावी देखिन्छन् ।


दोहामा बसेर तालिवानको अन्तर्राष्ट्रिय प्रभाव र समन्वयमा भूमिका खेल्नेहरु पाखा लगाइएका छन् । ३३ जना क्याबिनेट सदस्यमध्ये २० जना कान्दाहार केन्द्रित तालिवान समूह छन् । ३३ मध्ये ३ जना मात्र पुस्तु समुदायबाहिरका छन् ।

प्रतिकृया