• १३:२६ २०८० चैत्र १६ गते
  • 1:26 pm

इन्डोनेशियाको जेलमा आगलागी, कम्तीमा ४१ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ भाद्र २३ गते, बुधबार १०:२८

fire breaks out in Indonesian jail e1631076206821

२३ भाद्र, २०७८ काठमाडौँ : इन्डोनेशियाको राजधानी जकार्ताको बाहिरी क्षेत्रमा रहेको जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको ज्यान गएको छ । ताङ्गेराङ्ग जेलमा बुधबार सबेरै आगलागी भएको हो । आगलागीको समयमा आधिकांश कैदी बन्दी सुतिरहेका थिए ।


आगलागी भएको ब्लक सी मा १२२ जना कैदी बन्दी थिए । ४० जनाको क्षमताको सो ब्लकमा आगलागी भएको हो । सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका कैदी बन्दीलाई राख्ने गरिएको हो । आगलागीमा परि अरु धेरै घाइते भएका छन्, केहीको आइसियूमा राखेर उपचार भइरहेको छ।


विद्युत सर्टसर्किट भएर आगलागी भएको हुन सक्ने अनुमान छ। आगो नियन्त्रणमा आएको र घटनाबारे अनुसन्धान भइरहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

प्रतिकृया