• ३१ भदौ २०८३, बुधबार
  • २ः०७ दिउँसो

महालक्ष्मी विकास बैंक र नेपाल विद्युत प्राधिकरणबिच सम्झौता

प्रकाशित मिति

२०७८ भाद्र २२ गते, मंगलवार ११:१९

२२ भाद्र, २०७८ काठमाडौँ : देशका बिभिन्न स्थानमा रहेका १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनताहरुलाई विद्युत महशुल बुझाउन सहजिकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि भदौ २० गते आइतबार सम्झौता गरेको छ ।

National Life

सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा ज्यूले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरु वा जो कोहिले पनि आफुले खपत गरेको विद्युतको महशुल बैंकको मोवाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।


सम्झौता अनुसार सेवाग्राहीले मासिक ५ सय रुपैया सम्मको विद्युत महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ भन्दा माथी ५ लाखसम्मको महशुल भुक्तानीमा रु पाँच मात्र सेवा शुल्क भुक्तानी गर्नुपर्नेछ ।महालक्ष्मी बिकास बैंक र नेपाल विद्युत प्रधिकरण बिच भएको यस प्रकारको विद्युत महसुल संकलन सम्बन्धि सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया