• १८:२२ २०८० चैत्र १६ गते
  • 6:22 pm

बुवाको सम्झनामा गोकर्णेश्वर (फोटो फिचर)

प्रकाशित मिति

२०७८ भाद्र २२ गते, मंगलवार १०:५५

6

२२ भाद्र, २०७८ काठमाडौँ : आज कुशे औँसी । आजको दिनलाई बुवाको मुख हेर्ने दिनका रुपमा पनि मनाउने गरिन्छ । आज काठमाडौँको उत्तर-पूर्वमा रहेको गोकर्णेश्वर मन्दिरमा बुवालाई सम्झिनेहरूको भीड लागेको छ । बुबाको मुख हेर्ने दिन गोकर्णेश्वरमा हरेक वर्ष यस्तै भीड लाग्ने गर्छ ।

1

बुबाको निधन भएकाहरू यस दिन गोकर्णेश्वर पुगेर पितृलाई तर्पण दिने प्रचलन छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने धार्मिक मान्यता छ । भाद्र औंसीका दिन मनाइने कुशे औंसीको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।

2

आजको दिन आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने र बुवा नहुनेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा चलिआएको छ ।

3

4

प्रतिकृया