• ४ साउन २०८३, सोमबार
  • १:२१ बिहान

बुबाकाे मुख अमुल्य सधैँ एक दिन त के हेर्नु

प्रकाशित मिति

२०७८ भाद्र २२ गते, मंगलवार १०:०८

बिमला भुसाल (कविता)

कस्ले किन छुट्याय होला ।
बुबालाई एक दिन।।
ती बुबालाई पिर सधैँ ।
सन्तान टाढिने दिन।।

Kamana Sewa

थाक्दैन यो मन कहिले पनि।
बुबाको मायाले।।
सपनीमा नि बोलाउने।
बुबाकै छायाँले।।

Classic Tech Desktop

जन्म घर त छोेडेर हिड्छन।
छोरीको जातले।।
पुग्दैन कहिले ति छोरीलाई ।
बुबाको साथले।।


बुबाकाे मुख अमुल्य सधैँ ।
एक दिन त के हेर्नु ।।
टाढा छे छोरी भनेर बुबा।
मन कहिल्यै नफेर्नु।।


आशिसको सधैँ खाचो छ बुबा।
हजुरको सन्तानलाई ।।
मन सधै प्रफुल्ल हुन्छ बुबा।
हजुरको माया पाई।।

प्रतिकृया