हुम्लामा नेपाल एयरलाइन्सको उडान सुरु
प्रकाशित मिति
२०७८ भाद्र २१ गते, सोमबार ०५:३२
२१ भाद्र, २०७८ काठमाडौँ : हुम्लालगायत दुर्गम तथा हिमाली जिल्लामा नेपाल एयरलाइन्सले सहुलियत उडान भर्न सुरु गरेका छन्। कोरोना कहर न्यून भई जिल्लामा निषेधाज्ञा हटेपछि नेपाल एयरलाइन्सले नियमित उडान सुरु गरेको हो।
नेपाल एयरलाइन्स सिमकोट स्टेसनका प्रमुख बलबहादुर सुनारले कोरोना कहरपछि उडान सुरु भएको बताए। हाललाई सहुलियत उडान हप्ताको आइतबार एक दिन भर्ने भएको छ। नेपाल एयरलाइन्सले उडान भर्ने भएपछि प्रतियात्रुले सात हजार ९ सय ६५ रुपैयाँमा हवाई यात्रा गर्न पाउनेछन्। यद्यपि, अन्य एयरलाइन्सभन्दा सहुलियत उडानमा भने महँगो भाडादर पर्नेछ।
अन्य एयरलाइन्सले पनि नेपाल एयरलाइन्सले सिमकोटबाट नेपालगञ्जसम्मका लागि सबैभन्दा सस्तो पाँच हजार २५० रुपैयाँमा यात्रा गर्न सुरु गरेको छ। सिमकोटबाट नेपालगञ्जका लागि अन्यको भाडादर भने बढी छ। त्यसैगरी, नेपाल एयरलाइन्सले जुम्ला, मुगु र बाजुराका लागि सहुलियत उडान भर्न सुरु गरेको छ।






प्रतिकृया