• १७ असोज २०८३, शनिबार
  • ११ः१८ बिहान

संवैधानिक परिषद्को मुद्दाको पेशी आउँदो शुक्रबार, जबरा बिदा बस्ने

प्रकाशित मिति

२०७८ भाद्र ११ गते, शुक्रबार ०५:०३

११ भदौ, २०७८ काठमाडौँ : संवैधानिक परिषद्सम्बन्धी विवादको मुद्दा आगामी शुक्रबार (भदौ १८ गते)का लागि पेशी तोकिने भएको छ । सर्वोच्च अदालतले उक्त मुद्दा आगामी साता सुनुवाइ हुने गरी निवेदक कानून व्यवसायीहरुलाई जानकारी गराएको छ । सुनुवाइमा सहजताको लागि भन्दै त्यो दिन प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने बिदामा बस्ने भएका छन् ।

National Life

उनको अनुपस्थितिमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् । त्यो दिन मुद्दाको प्रारम्भिक सुनुवाइ हुनेछ ।


यो मुद्दामा अन्तिम सुनवाइका बेला पनि प्रधानन्यायाधीश जबरा बिदामा बस्नेछन् । बीचको अवधिमा भने नियमित रुपमा काम गर्नेछन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया