• 1:03 pm

कक्षा ११ र १२ पढ्नको लागि सानिमा बैंकले फेरी छात्रवृत्ति दिने

प्रकाशित मिति

२०७८ भाद्र ११ गते, शुक्रबार ०४:५०

११ भाद्र, २०७८ काठमाडौँ : कक्षा ११ र १२ अध्ययनको लागि फेरी सानिमा बैंकले छात्रवृति खुला गर्ने भएको छ । उक्त छात्रवृतिमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने बैंकले व्यवस्था गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि गरिब तथा विपन्न वर्गका २–२ जना विद्यार्थीलाई उनीहरुकै रोजाईको कलेज र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।


बैंकले २०१२ देखि गरिब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई छात्रवृति दिँदै आएको जानकारी दिएको छ । छात्रवृत्ति सम्बन्धी विस्तृत जानकारी सानिमा बैंकको वेबसाइटमा उपलब्ध छ । यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक संस्थामा लाग्ने शुल्कहरु तथा शैक्षिक सामाग्रीहरुका साथै अतिरिक्त मासिक २ हजार नगदसहित दुई वर्षका लागि छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले जनाएको छ ।


सानिमा बैंकको देशका सातै प्रदेशमा १०४ वटा कार्यालय तथा ९६ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

प्रतिकृया