• १६ असोज २०८३, शुक्रबार
  • ३ः४२ राती

४४ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

प्रकाशित मिति

२०७८ भाद्र ११ गते, शुक्रबार ०५:१७

११ भाद्र, २०७८ काठमाडौँ : प्रहरीले ४४ किलो लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मनहरी गाउपालिका-५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र सोही गाउपालिकामा बस्ने २२ वर्षीय अर्जुन लोप्चन रहेका छन् ।

National Life

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला मकवानपुर मनहरी गाउपालिका-५ जय सिंहस्थित खोलाको किनारामा ४४ किलो गाँजाको भारी बोकी हिंडिरहेको प्रहरीको दाबी छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया