एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन २’ को अडिसन सम्पन्न
प्रकाशित मिति
२०७८ भाद्र ८ गते, मंगलवार ०३:२४
८ भाद्र, २०७८ काठमाडौँ : एल एंड एन मोडेल एजेंसी ले भर्खरै आफ्नो “काभ्रे फेस्ट-सिजन २’ को अडिसन सम्पन्न गरेकाछन। बिगत २ वर्ष देखि रोकिएर रहेको “काभ्रे फेस्ट -सिजन २”अन्तिम चरणको अडिसन काभ्रेको बनेपा मा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको संग्लनतामा र स्थानीय संघ संस्थाहरु को सहकार्यतामा शनिबार को दिन बनेपापार्टी भेन्यु ७ रेस्टुरेन्टमा ऋयखष्म-ज्ञढ स्वास्थ्य सम्बन्धि सम्पूर्ण मापदण्ड को पालना गरि सम्पन्न भएको छ ।
उक्त अडिसन मा सहभागीहरुको बाक्लो उपस्थिति रहेतापनि महिला तर्फबाट २० जना र पुरुष तर्फबाट ६ जना गरि छनौट गरिएको छ । यस कार्यक्रममा सहभागि हुन फारम सुल्क रु.१००० राखिएको थियो भने हालको पारिवारिक परिस्थितिलाई मध्यनजरमा राखी न्युनतम खर्चमा अधिकतम सिकाई र अवसरका साथमा मोडलिङ प्रतियोगिता गरिरहेका आयोजक नितिन कायस्तले जानकारी दिएका छन् ।

उक्त कार्यक्रमलाइ राष्ट्रिय मोडेलिङ्ग संघ काभ्र ,यूरेका लियो क्लब बनेपा ,यूरेका लियो क्लब काठमाडौँ ,सौन्दर्य कलाकर्मी संघ-काभ्रे र नया युवा नया सोच काभ्रे संघले सहयोग गरिरहेका छन् । कोभिद -१९ स्वास्थ्य सम्बन्धि सम्पूर्ण सामग्रीहरु भूमि अस्पताल-बनेपाले उपलब्ध गराएको छ ।
छनौटमा परेका सम्पूर्ण युवा-युवतीहरुलाइ यहि आउदो बुधबार देखि प्रसिक्षण प्रदान गरीनेछ।जहाँ हामी मोडलिङ क्षेत्रमा खोजिने व्यवसायिक मोडेल बनाउने जिम्मा तर्फ हाम्रो सम्पूर्ण प्रशिक्षण केन्द्रित रहनेछ ।

वर्तमान को असजिलो परिस्थितिमा आफू भित्रको क्षमता,आत्मविश्वास र मोडलिङ क्षेत्रमा अघि बढ्ने चाहनालाई सही दिशा र भबिस्य खोज्नेहरुका लागि आफ्नै क्षेत्रमा “काभ्रे फेस्ट-सिजन २” एउटा सुनौलो अवसर रहेको छ । काभ्रे फेस्ट,युवा-युवतीमा लक्षित रही गरिने मोडल पर्सनालिटी को प्रतिस्पर्धा हो,जहा बिबाहित-अबिबाहित ,महिला-पुरुष दुवैले सहभागिता जनाउन पाएका छन् ।
अन्तिम अडिसन को निर्णायकका रुपमा प्रसिद्ध सौन्दर्य कलाकर्मी एबम समाजसेबी रुसका बैद्य त्येसैगरि बनेपा सौन्दर्यकर्मीका अध्यक्ष एबम योगा प्रशिक्षक सोभा थापा नकर्मी ,मोडलिङ् संघ काभ्रेका अध्यक्ष एबम प्रोदुसर र डइरेक्टर जिबन खड्गी र क्यस्तोलो कस्मिरि पश्मिना का संचालक -युवा ब्यबसायी प्रकाश बोलाखे रहेका थिए ।
हामीले गरिने कुनैपनि प्रतियोगितामा सहभागिले न त परिचयात्मक चरणमा बोल्नुपर्छ न प्रश्न रउत्तर चरणकै सामना गर्नुपर्ने हुन्छ । हामीले समग्र मुल्यांकन सहभागिको मोडल व्यक्तित्व तथा मोडलिङ मा अभिरुचि ,फोटोसुट र स्टेज प्रस्तुतिकरणमा हुनेछ ।
वर्तमानको स्थितिमा सुधार भए पश्चात उक्त प्रतियोगिताको अन्तिम चरण बनेपा मा गरिने भनि यस एल एंड एन मोडेल एजेंसी का कार्यक्रम आयोजक कमिटि सुशील सैंजु र शिशिर पाण्डे ले जानकारी दिनु भयो।








प्रतिकृया