• ३ असोज २०८३, शनिबार
  • ४ः१४ बेलुका

स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी

प्रकाशित मिति

२०७८ भाद्र ८ गते, मंगलवार १२:४०

८ भाद्र, २०७८ काठमाडौँ : संसदको शिक्षा तथा स्वास्थ्य समितिले भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा लिन निर्देशन दिएको छ । मंगलबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिएकी हुन् ।

National Life

कोभिड संक्रमणको जोखिम रहेको भन्दै स्थगित भएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितमै लिने तयारी भएको शिक्षा मन्त्रालयले बताएको छ । शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर दशैँअघि भौतिक उपस्थितिमै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।


३ लाख ९६ हजार विद्यार्थी १८ वर्षमाथि रहेकोले उनीहरूका लागि कोभिड दिन सकिने बताउँदै बिद्यार्थीलाई खोप दिन स्वास्थ्य मन्त्रालयसँग कुरा गर्ने उनले बताए । सचिव थपलियाले अहिले भौतिक रूपमै परीक्षा लिने वातावरण बनेको बताउँदै स्वास्थ्य मन्त्रालयको सल्लाहका आधारमा परीक्षा संचालन गर्ने बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया