• ३ असोज २०८३, शनिबार
  • २ः३९ दिउँसो

त्रिकोणात्मक सिरिज खेल्ने क्रिकेट टोलीको घोषणा, गुल्शन झा पहिलो पटक राष्ट्रिय टोलीमा

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार ०१:२७

५ भाद्र, २०७८ काठमाडौँ : आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरिका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ।

National Life

ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीव्र गतिका बलर गुल्शन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन्।मेयर्स कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका तीव्र गतिका बलर गुल्शन पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेपछि प्रारम्भिक टोलीमा सामेल भएका थिए।


सिरिजका लागि घोषणा भएको टोलीमा स्थान बनाएका गुल्शनले पहिलो पटक राष्ट्रिय जर्सी पहिरिने मौका पाएका हुन्। गुल्शनसँगै अर्का तीव्र गतिका बलर विक्रम शोब, शरद भेषावाकर र रोहित कुमार पौडेल पुनः राष्ट्रिय टोलीलमा स्थान बनाएका छन्। त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग २/२ खेल खेल्ने छ भने उक्त सिरिज अगाडि पिएनजीसँग दुई एक दिवसीय खेल खेल्ने छ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यसका लागि नेपाली टोली मंगलबार बिहान ८ बजे सलाम एयरबाट ओमान जाने तालिका छ। नेपालले सिरिज र पिएनजीसँग ओमानमा नै प्रतिस्पर्धा गर्नेछ। त्रिकोणात्मक सिरिज अगाडि पिएनजीसँग नेपालले भदौ २० पहिलो र भदौ २३ दोस्रो खेल खेल्नेछ। ओमानमा नै रहने टोलीले चार दिनपछि त्रिकोणात्मक सिरिज खेल्नेछ। यद्यपि खेल तालिका भने सार्वजनिक भएको छैन।

प्रतिकृया