• ३ असोज २०८३, शनिबार
  • ७ः४६ बेलुका

मलेसियामा ज्यान गुमाएका ८ नेपालीको शव काठमाडौँ ल्याइयो

प्रकाशित मिति

२०७८ भाद्र ५ गते, शनिबार ०१:३५

५ भाद्र, २०७८ काठमाडौँ : वैदेशिक रोजगारीको क्रममा मलेसियामा कार्यरत रहँदा ज्यान गुमाएका ८ कामदारको शव शनिवार काठमाडौँ ल्याइएको छ । ८ जनाको शवका साथै अन्य १६ जनाको अस्तु पनि नेपाल ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

National Life

मृतकहरू रोजगारीको क्रममा मलेसियामा विभिन्न दुर्घटना र अन्य घटनामा परेर ज्यान गुमाएकाको र उनीहरूको त्यहीं दाहसंस्कार गरिएकाले अस्तु मात्रै नेपाल ल्याइएको जनाइएको छ ।


केहीको भने मलेसियामै रहँदा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमेकाका कारण उनीहरूको अस्तु मात्रै नेपाल ल्याइएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया