• २० असोज २०८३, मंगलबार
  • ४ः१६ बेलुका

‘दोश्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ हुने निशुल्क फर्म भरिदैं

प्रकाशित मिति

२०७८ भाद्र ४ गते, शुक्रबार ०५:१५

४ भाद्र, २०७८ काठमाडौँ : आयोजक कमिटिका अनुसार ‘दोस्रो नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड–२०७८’ आगामी असोज भित्र काठमाडौंमा गरिने भएको छ । साथै म्युजिक अवार्ड आवेदनको लागि निशुल्क दर्ता फारम खुलिसकेको जानकारी गराएको छ । जसको लागि २०७७र७८ का गीत संगीतहरुलाई समाबेश गरिने भएको छ, भने नव प्रतिभाको हकमा २०७७ भित्र गीत निकालेको हुनुपर्नेछ ।

National Life

क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुतिमा हुन लागेको उक्त अवार्डलाई शुभकामना मिडिया सोलुसन प्रालिले ब्यबस्थापन गर्ने भएको छ। सञ्चारकर्मी तथा कलाकार सूर्य चन्दको अध्यक्षतामा हुने यस अवार्ड कार्यक्रमको निर्देशक सुमन बैरागी पण्डित रहेका छन् ।


उत्कृष्ट नवप्रतिभा, रचनाकार, लोक तथा दोहोरी गायक–गायिका, पर्व विशेष गीत ९तिज, दशैँ तिहार, होली०, भजन, पप–आधुनिक गायक–गायिका, भाषा–भाषीका गीत, म्युजिक भिडियो, आर्ट तथा सांस्कृतिकलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ  ।

Classic Tech Mobile
Classic Tech Desktop

अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिहरुलाइ सम्मान गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने सुर्य चन्दले बताएका छन् ।

प्रतिकृया