• १४ असोज २०८३, बुधबार
  • ९ः२७ राती

थप ४९०४ जना कोरोना संक्रमित, ३५ जनाको मृत्यु

प्रकाशित मिति

२०७८ श्रावण २६ गते, मंगलवार ०५:२७

२६ साउन, २०७८ काठमाडौँ : नेपालमा पछिल्लो चौबीस घन्टामा थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार २१७ पीसीआर परीक्षण गर्दा ३ हजार १९४जना र ५ हजार ९०६ एन्टिजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो।

National Life

यस्तै गत २४ घण्टामा देशभर ३५ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ। देशभर हालसम्म ३७ हजार ३३२ सक्रिय संक्रमित छन्। मंगलबार २ हजार ११५ जना संक्रमणमुक्त भएका छन्।

प्रतिकृया