• ७ असोज २०८३, बुधबार
  • १०ः१० राती

भुटानबाट ३ लाख मात्रा एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

प्रकाशित मिति

२०७८ श्रावण २२ गते, शुक्रबार १२:३४

२१ साउन,२०७८ काठमाडौँ : भुटानबाट कोरोनाभाइरस (कोभिड-१९) विरुद्धको तीन लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ । भुटान सरकारले नेपाललाई सहयोग स्वरूप एस्ट्रजेनेकाको खोप उपलब्ध गराएको हो । भुटानको थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान विहान ९ः४० बजे काठमाडौँ आइपुगेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा.समीरकुमार अधिकारीले बताए ।

National Life

भुटानबाट नेपालले प्राप्त गरेको एस्ट्राजेनेका खोप अब कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका नागरिकको प्राथमिकतामा पार्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन नपाएका १३ लाख ३८ हजार बढी नागरिक छन् ।

प्रतिकृया