• १२ असोज २०८३, सोमबार
  • ८ः५९ राती

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा हेमराज ढकाल

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार ०६:३४

१२ साउन, २०७८ काठमाडौँ : आईएमई ग्रुपका कार्यकारी प्रबन्ध निर्देशक हेमराज ढकाल नेपाल उद्योग परिसंघको उपाध्यक्षमा चयन भएका छन् । परिसंघको १८ औं वार्षिक साधारणसभाबाट ढकाल सर्बसम्मत उपाध्यक्ष पदमा चयन भएका हुन् ।​

National Life

परिसंघमा ढकालसहित निर्वाण कुमार चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, बीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ता गरी सात जना चयन भएका छन् । साधारणसभाले यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका विष्णुकुमार अग्रवाललाई अध्यक्षमा चयन गरिसकेको छ । परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश अग्रवाल वा निर्वाण चौधरी प्रतिस्पर्धामा छन् ।

प्रतिकृया