• १२ असोज २०८३, सोमबार
  • ८ः२१ राती

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहेँलो धातुसहित एक जना पक्राउ

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार ०६:२३

१२ साउन, २०७८ काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुसहित एक जना पक्राउ परेका छन् । मंगलबार हिमालय एयरको उडानद्वारा दुवईबाट काठमाडौँ आउँदै गरेका गोरखा जिल्ला स्थायी घर भएका पदम परियार पक्राउ परेका हुन् ।

National Life

परियारको गतिविधि शंकास्पद देखिएपछि एक्स रे मा चेकजाँच गर्ने क्रममा कफि मेकरभित्र फलामे कप आकारको ३ पत्रले बनेको धातुमा बीचको पत्र सुन जस्तो देखिने धातु बरामद भएको प्रहरीले जनाएको छ । उक्त धातुको तौल ११६५ ग्राम रहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिकृया