नबिल बैंकले सुरु गर्‍यो अनलाइनबाटै कर्जा आवेदन दिन मिल्ने सेवा

प्रकाशित मिति

२०७८ श्रावण १२ गते, मंगलवार १२:२५

Nabil Bank 2

१२ साउन, २०७८ काठमाडौँ : नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन आवेदन दिन सक्नेछन् । यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्य अनुरूप गरिएको हो।


ग्राहकले आफूले चाहेको समय, स्थान र उपकरणमा बैंकिङ्ग सेवाहरूको प्रयोग गर्न सक्नेछन् । बैंकले आधिकारिक वेबसाइट मार्फत ऋण कर्जाको लागि आवेदन दिने सीमित ग्राहकहरूलाई सेवा शुल्कमा छुटको व्यवस्था पनि गरेको छ । यो सुविधा बैंकद्वारा जारी अभियान “नबिल बैंक – गो डिजिटल प्रोग्राम, डिजिटल कारोबार आजको आवश्यकता” अनुरूप रहेको छ ।


बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समूह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्È बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणका लागि लक्षित छ ।

प्रतिकृया