सुनको मूल्यमा गिरावट, तोलाको कति ?
प्रकाशित मिति
२०७८ श्रावण १२ गते, मंगलवार ११:३८
१२ साउन, २०७८ काठमाडौँ : नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ रहेको छ ।
तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको छ।
प्रतिकृया