• 10:10 pm

‘नेपाल आइडल-४’ सुरु हुँदै, निर्णायकहरु भने परिवर्तन हुने

प्रकाशित मिति

२०७८ श्रावण ६ गते, बुधबार ११:१९

६ साउन, २०७८ काठमाडौँ : गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ । सन् २०२१ भित्रै यसको चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको हो ।


‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ । सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले भने । चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ । ‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् । उहाँहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उहाँहरु पनि बाहिरी कार्यक्रममा व्यस्त हुनुभयो’, पौडेलले अगाडि भने–‘सांगीतिक क्षेत्रमा स्थापित थुप्रैको सूची तयार छ । निर्णायक को हुने भन्ने फाइनल भएको छैन ।’


यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए । ‘नेपाल आइडल’मा बुद्द लामा, रवी ओड र सज्जा चौलागाँई क्रमशः पहिलो, दोश्रो र तेश्रो सिजनको विजेता बनिसकेका छन् ।

प्रतिकृया