• ५ साउन २०८३, मंगलबार
  • १०:५३ बिहान

देउवालाई पाकिस्तानी समकक्षीको बधाइ

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार १०:५४

४ साउन, २०७८ काठमाडौँ : संसदमा विश्वासको मत हासिल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानी समकक्षी इमरान खानले पनि बधाइ दिएका छन् । ट्वीटरमार्फत सन्देश दिँदै उनले उनले देउवाको कार्यकालमा दुई मुलुकले साझा चासोका विषयमा मिलेर काम गर्ने उल्लेख गरेका छन् ।


पाकिस्तान र नेपालबीचको द्धिपक्षीय सम्बन्ध प्रगाढ हुने विश्वास खानले लिएका छन् । आइतबार प्रतिनिधि सभाबाट देउवाले विश्वासको मत हासिल गरेका थिए ।सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि टेलिफोन र ट्वीटरमार्फत देउवालाई बधाइ दिएका थिए ।

Kamana Sewa

प्रतिकृया