• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

साउनको पहिलो सोमबार पशुपतिनाथ (फोटोफिचर)

प्रकाशित मिति

२०७८ श्रावण ४ गते, सोमबार १०:०२

४ साउन, २०७८ काठमाडौँ : आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजा- आजा गर्ने चलन छ । दर्शनार्थीका लागि पशुपति मन्दिर खुलेन । तर बहिर भने दर्शनार्थीहरूको भिड थियो । कोरोना भाइसको नयाँ भेरियन्टसहितको दोस्रो लहरले बन्द मन्दिर आज पनि यसपटकको साउनमा पनि नखुलेको हो । यसअघि अघिल्लो वर्ष पनि जोखिमका कारण ०७७ चैत ११ गतेदेखि नै दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर बन्द गरिएको थियो ।



सरकारले भिडभाड हुने सार्वजनिक ठाउँ, मन्दिर, विद्यालयलगायतका ठाउँ नखोल्ने निर्णय गरेकाले साउन महिनाको पहिलो सोमबार पनि दर्शनार्थीका लागि मन्दिर नखुल्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

Kamana Sewa

उनले कोरोनाको जोखिम कायमै रहेकाले घर- घरमा नै बसेर शिवको आराधना गर्न आग्रह गरेका छन् । पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न कोषले आग्रह गरेको हो ।

Classic Tech Desktop

प्रतिकृया