• १४ असोज २०८३, बुधबार
  • ८ः४१ राती

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहायता दिने

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०२:१४

काठमाडौं : विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो । शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५र५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।

National Life

यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताउँदै बैंकले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा समेत सहयोग पुग्ने बताएको छ ।

प्रतिकृया