• १५ असोज २०८३, बिहीबार
  • ११ः५५ राती

सवारी दुर्घटनामा युवा नेता प्रसाईको मृत्यु

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०१:४२

काठमाडौँ : नेकपा एमाले झापाका युवा नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

National Life

झापाको चारआली हुँदै चन्द्रगढी जाने क्रममा देवकोटा चोकमा रहेको देवकोटाको सालिकको कम्पाउण्डको वालमा प्रसाईं सवार कार बिहान ११ः४० बजे ठोक्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।


दुर्घटनामा परी बायाँ खुट्टा तथा शरीरको भित्री भागमा चोट लागि गम्भीर घाइते नेता प्रसाईको उपचारको क्रममा सवा १२ बजे मेची अस्पताल भद्रपुरमा निधन भएको थापाले बताए । दुर्घटनाबाट कारको अगाडिको भाग पूर्णरुपमा क्षति भएको छ । प्रसाई नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया