• १५ असोज २०८३, बिहीबार
  • ११ः३२ राती

निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९१ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७८ असार २५ गते, शुक्रबार ०१:५१

काठमाडौँः विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ सय ९१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये २ सय १५ वटा गाडी र ७६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ । साथै नयाँ भेरियन्ट सहितको कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५७ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

National Life

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ६१ हजार ४ सय ७२ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १३ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ सय ७२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ४४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार १ सय ८७ जनालाई सचेत गराइएको छ ।


खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ
ईलाम,
ईलाम नगरपालिका–१२ साङरुम्बा पिप्ले भञ्ज्याङ बस्ने ५८ वर्षीय धन बहादुर राईको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४५ वर्षीय यम बहादुर सावालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सावाले रिसिबीको कारण धारिलो हतियार खुकुरी पेटमा प्रहार गरी राईको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरीले सावालाई उनले प्रयोग गरेको खुकुरी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
कञ्चनपुर
, १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ बेलकन्डे बस्ने २५ वर्षीय चुन्नु राम चौधरीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चैधरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सप्तकोशी कन्स्ट्रक्सन कम्पनीको स्काई भेटर तथा ग्रेडर मेसिन तोडफोड
रुकुम,
भुमे गाउँपालिका–२ रिघा लेक भन्ने स्थानमा पार्किङ गरी राखेको सप्तकोशी कन्ट्रक्सन कम्पनीको बा.२ क ७५८६ नम्बरको स्काई भेटर र बा.२ क ९८४९ नम्बरको ग्रेडर मेसिन मंगलबार राति तोडफोड भएको छ । अपरिचित व्यक्तिहरुले तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कांक्रीबाट खटिएको प्रहरीले स्काई भेटरको शिशा र ग्रेडर मेसिनको चारै तर्फको सिसा समेत गरी करिब ४ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको अवस्थामा फेला पारेको हो । तोडफोडमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


पहिरोको कारण सडक अवरोध
म्याग्दी,
अन्नपूर्ण गाउँपालिका–३ दाना रुप्से छहरा र रघुगंगा गाउँपालिका–३ चमेरेस्थित सडकमा बुधबार बिहान पहिरो जाँदा बेनी जोमसोम सडक खण्ड पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दानाबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।


बागलुङ, गल्कोट नगरपालिका–१ झाक्रिस्थानस्थित सडकमा बुधबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी नरेठाटीबाट खटिएको प्रहरीले नगरपालिकासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ ।


कास्की, पोखरा महानगरपालिका–१८ का बिन्दवासिनी–नौडाँडा सडक खण्डको सराङकोट एरिया, घरेलु गल्छिनो, गोठादी र देउरालीबाट ग्यारज्वती जाने सडक खण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । सडक अवरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सराङकोट र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।


करेन्ट लागेर मृत्यु
झापा,
बिर्तामोड नगरपालिका–४ जात्रुबाडी बस्ने विद्युत प्राधिकरणका कर्मचारी ६१ वर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ । सोही नगरपालिका–८ बाह्रबिघे बस्ने राम कुमार दर्जीको घरमा मिटर जडान गर्नको लागि बिद्युतको पोलमा चढने क्रममा अचानक करेन्ट लागेर लड्दा गम्भीर घाइते भएका उनको बिर्तामोड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


टिपर दुर्घटना हुँदा चालकको मृत्यु
पाल्पा, तिनाउ गाउँपालिका–५ चर्चरेस्थित सिद्धार्थ राजमार्गमा लु.२ ख ८२० नम्बरको टिपर सडकबाट करिब ३ सय मिटर तल खोलामा खसेर बुधबार बिहान दुर्घटना हुँदा टिपर चालक पूर्वखोला गाउँपालिका–५ वीरकोट बस्ने २६ वर्षीय सुदिप गैरेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
दाङ,
घोराही उपमहानगरापालिका–१२ पेरेनी पलासपुर बस्ने २१ वर्षीय लक्षमण चौधरी आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया