• १२ असोज २०८३, सोमबार
  • १२ः१७ दिउँसो

प्रधानमन्त्रीका तर्फबाट कानुन व्यवसायीको बहस सकियो, आइतबार सभामुखको तर्फबाट बहस

प्रकाशित मिति

२०७८ असार १८ गते, शुक्रबार ०४:०३

काठमाडौँ : प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली तर्फका कानुन व्यवसायीको बहस सकिएको छ । शुक्रबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका तर्फबाट ११ जना कानुन व्यवसायीले बहस गरेका छन् । आइतबार सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट बहस हुनेछ ।

National Life

प्रधानमन्त्रीको तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ताहरू रमेश गुरागाईं, विष्णुमणी अधिकारी, ईश्वरीप्रसाद भट्टराई, अधिवक्ताहरू भोजराज आचार्य, बाबुराम दाहाल, सिपी रेग्मी, बलबहादुर राई, शान्तिदेवी खनाल, विष्णुमाया भुसाल, अनन्त लुईँटेल र लोकनाथ खरेलले बहस गरेका छन् ।


असार १६ मा प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, डा. सुरेन्द्र भण्डारी र विजयकान्त मैनालीले बहस गरेका थिए । यस्तै, वैशाख १७ मा वरिष्ठ अधिवक्ता अग्नि खरेल, सुरेन्द्रकुमार महतो, अधिवक्ता परशुराम कोइराला, सुवास आचार्य, वरिष्ठ अधिवक्ताहरू महेश नेपाल, टंक दुलाल र रविनारायण खनालले बहस गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया