• ६ असोज २०८३, मंगलबार
  • ७ः४८ बेलुका

उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो, यी क्षेत्र बन्द के गर्न पाइन्छ के गर्न पाइँदैन ? (आदेशसहित)

प्रकाशित मिति

२०७८ असार १४ गते, सोमबार ०१:१६

काठमाडौँ : कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । तर जारी गरिएको निषेधाज्ञा विगतको भन्दा केही खुकुलो गरिएको छ ।

National Life

जोर–बिजोरका आधारमा सार्वजनिक बस चल्न दिने

काठमाडौँ उपत्यकाभित्र मात्र संचालन हुने गरी २५ सिट क्षमता भन्दा बढीका सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय भएको छ । सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्ने र सार्वजनिक यात्रु बाहक सवारी साधन संचालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दूरी कायम हुने गरी कुल स्वीकृत सीट क्षमता भन्दा बढी संख्यामा यात्रु राख्न नपाउने व्यवस्था गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रुपमा सवारी साधन दैनिक निसंक्रमित गर्नुपर्ने मापदण्ड तोकिएको छ । सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र संचालन गर्न स्वीकृति दिइएको छ ।


यी क्षेत्र निर्वाध सञ्चालन गर्न पाइने

थपिएको एक साता निषेधाज्ञामा सरकारी, सार्वजनिक संस्थान, कुटनीतिक नियोग, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, कृषि, मल, बिउ विजन, पशु चिकित्सक लगायत अत्यावश्यक सेवा प्रदायक सवारी साधनहरु निर्वाध रुपले संचालन गर्न अनुमति दिइएको छ ।


तरकारी, फलफूल, खाधान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चला र पशुपंछीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग गरिने सामग्री, प्रिन्ट तथा सरकारी छापाखाना र कृषि कार्यमा प्रयोग हुने मल, वीउ लगायतका सामग्री बोक्ने सवारीले न्यूनतम जनशक्ति प्रयोग गरी संचालन गर्न सक्नेछन् ।


अत्यावश्यक सामग्री बोकेका दुवानीका सवारी साधन, विरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी पशु स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन सञ्चालन हुन पाउनेछन् । यस्तै अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा लगायतका कार्यका लागि उपत्यका बाहिर जान सम्बन्धित स्थानीय तहको सिफारिसमा आवत जावत गर्न सहजीकरण गर्ने व्यवस्था गरिएको छ । यस्तै उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न सकिने जनाइएको छ ।


पसलहरुको हकमा यस्तो छ व्यवस्था

औषधी तथा स्वास्थ्य सामग्री, अत्यावश्यक खाध सामग्री तथा अन्य व्यापार व्यवसायको हकमा औषधी तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्वाध रुपमा संचालन गर्न पाउने, खाधान्न, दुध तथा दुग्ध जन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पुजा सामग्री विक्रि वितरण गर्ने पसलहरू, खेलकुद सामग्री पसल, स्टेशनरीरपुस्तक पसलहरु साँझ ६ बजेसम्म संचालन गर्न पाउने व्यवस्था गरिएको छ ।


यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम, सुन पसल, भौडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस पसल, इलेक्ट्रोनिक पसल मोवाइल तथा कम्प्यूटर पसल र निर्माणजन्य सामग्रीको पसल, हार्डवेयर पसल, विजुलीका सामान, स्यानिटरी पसल, टायल, मार्बल, फर्निचर लगायतका पसल बिहान बिहान ११ बजे देखि साँझ ६ बजे सम्म संचालन गर्न पाइने उल्लेख छ ।


अत्यावश्यक वस्तुहरुको अनलाईन अर्डर, रेष्टुरेण्ट एवं फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनका लागि काठमाडौं उपत्यका भित्र साँझ ७ बजेसम्म संचालन गर्न दिने जनाइएको छ ।


यी क्षेत्र बन्द

सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालय, चिडियाखाना, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न रोक लगाइएको छ ।


खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न नपाईने भनिएको छ । यस्तै शैक्षिक संस्थाहरु विघालय, कलेज, ट्यूसन सेन्टर, तालिम केन्द्रले भौतिक उपस्थितिमा पठन पाठन परीक्षाहरु संचालन गर्न गराउन नपाउने भनिएको छ ।


बिहे ब्रतबन्धका सम्बन्धमा

विवाह तथा व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा गर्ने, २ वटा सवारी साधन बेहुला बेहुली समेत प्रयोग गर्ने गरी व्यानरका आधारमा आवतजावत गर्ने नियम बनाइएको छ ।


विवाह, व्रतबन्ध तथा सामूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने, पुजारीबाट हुने नित्य पूजा बाहेकका अन्य धार्मिक तथा सांस्कृतिक गतिविधिहरु संचालन गर्न रोक लगाइएको छ ।

प्रतिकृया