• १३ असोज २०८३, मंगलबार
  • ७ः२६ बेलुका

नेपाल पत्रकार महासंघ भक्तपुरको निष्कर्ष : बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गर्यो

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०८:३८

भक्तपुर : नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले प्रमुख जिल्ला अधिकारीमार्फत बागमति प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । बागमति प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा आमसञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको बिरोधमा महासंघले ज्ञापन पत्र बुझाएको हो ।

National Life

आइतवार अध्यक्ष जगतकृष्ण प्रजापतिको नेतृत्वमा महासंघका प्रतिनिधिहरु जिल्ला प्रशासन कार्यालय पुगी प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई मार्फत ज्ञापन पत्र बुझाएका हुन् । उक्त अवसरमा महासंघको तर्फबाट शाखाका संस्थापक अध्यक्ष रमेश खड्का, पूर्वअध्यक्ष विकल प्रसाद श्रेष्ठ, महासंघ उपत्यका प्रदेश समितिका सचिव एवम् शाखाका पूर्वअध्यक्ष अमर भुजु, निवर्तमान अध्यक्ष पुष्करराज बुढाथोकी, शाखा उपाध्यक्ष सुन्दर शिल्पकार, शाखा सचिव संजीप घिमिरे, सदस्य विकास थापालगायतको उपस्थिती रहेको थियो । बागमती प्रदेशले निरङ्कुश प्रेसको परिकल्पना गरेका कारण त्यसको खारेजीका लागि ज्ञापन पत्र पेश गरिएको सचिव संजीप घिमिरेले प्रष्ट पारे ।

ज्ञापनपत्रमा निजी तथा सामुदायिक स्तरबाट सञ्चालित सञ्चारमाध्यमलाई घाँटी निमोठेर स्वतन्त्र प्रेस र नागरिकका आवाजहरुलाई दबाउने मनासयले लोकतन्त्रको मूल्य मान्यतालाई समेत उपहास हुने गरी बागमति प्रदेश सरकार आफैंले सञ्चारमाध्यम स्थापना गरी सञ्चालन गर्न बजेट विनियोजन गरेको हाम्रो ठहर गरिएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

संघीय सरकार मातहत रहेका सञ्चारमाध्यमसमेत स्वायत्त र स्वतन्त्र बनाउन गृहकार्य भइरहेको सन्दर्भमा बागमति प्रदेश सरकार आफैले आमसञ्चारगृह सञ्चालन गर्न खोज्नुले स्वतन्त्र प्रेसलाई निरंकुशताको कडी लगाउन खोजेको प्रष्ट भएकोे ज्ञापनपत्रमा उल्लेख छ ।

देशभरका ६६ प्रतिशत सञ्चारमाध्यम र नेपाल पत्रकार महासंघका ४८ प्रतिशत सदस्य बागमति प्रदेशमा रहेको भन्दै महासंघ भक्तपुर शाखाले आमसञ्चार जगतको संरक्षण, प्रवर्धन तथा क्षमता अभिवृद्धिका लागि पुँजीगत अनुदानदेखि लोककल्याणकारी विज्ञापनका लागि बजेट विनियोजन गर्न माग गरेको छ । महासंघले उक्त निर्णय फिर्ता नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिँदैं सञ्चारमाध्यमको प्रवर्धन र सञ्चारकर्मीहरुको हितमा बजेट ल्याउन माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले ज्ञापनपत्र सम्बन्धित निकायमा पु¥याउने प्रतिवद्धता प्रकट गरेका छन् ।

प्रतिकृया