• १३ असोज २०८३, मंगलबार
  • ९ः११ राती

दीपक मनाङेले भेटे प्रचण्ड

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०८:२५

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरुङ) ले भेट गरेका छन् । भेटको तस्बिर सार्वजनिक गर्दै मन्त्री मनाङेले प्रचण्डसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको बताएका छन्।

National Life

मनाङबाट स्वतन्त्र सांसदका रूपमा जितेका मनाङेले केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा विपक्षी गठबन्धनलाई साथ दिएका थिए। उनले साथ दिएकै कारण कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका छन्।


निर्णायक भूमिकामा रहेका मनाङेले त्यसअघि नेकपा एमालेका पृथ्वी सुब्बा गुरुङलाई साथ दिएका थिए। त्यसबेला पनि मन्त्री बन्ने मौका पाएका थिए।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया