• १३ असोज २०८३, मंगलबार
  • ९ः५९ राती

सेवाग्राहीसँग घुस लिएका धादिङका सहायक वन अधिकृत पक्राउ

प्रकाशित मिति

२०७८ असार ६ गते, आईतवार ०५:५९

धादिङ : अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगको टोलीले नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुख कृष्ण प्रसाद पौडेललाई पक्राउ गरेको छ । सेवाग्राहीसँग घुस लिएर गैरकानूनी काम गरेको आरोपमा पौडेललाई अख्तियार टोलीले ४० हजार नगद सहित पक्राउ गरेको हो ।आयोगको टोलीले आइतबार कार्यकक्षबाटै सहायक वन अधिकृत पौडेललाई पक्राउ गरेको हो ।

National Life

गोप्य उजुरी निवेदनको आधारमा छापामार्न पुगेको अख्तियार टोलीले कार्यालय प्रमुख पौडेललाई पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव नारायण प्रसाद रिसालले बताए । एक फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ नियन्त्रणमा लिई अनुसन्धान गर्र्ने बहानामा ४० हजार नगद मागेर कागजपत्र मिलाउँदै गरेको अबस्थामा सहायक बन अधिकृत पौडेल पक्राउ परेका हुन ।


पौडेललाई थप अनुसन्धान गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कार्बाही हुने आयोगका प्रवक्ता रिसालले जानकारी दिएका छन् । पौडेलले गत बर्षको कात्तिकदेखि नीलकण्ठ सवडिभिजन वन कार्यालय धादिङका प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया