• ११ असोज २०८३, आइतबार
  • ८ः३९ बिहान

कोपा अमेरिकामा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

प्रकाशित मिति

२०७८ असार ५ गते, शनिबार १०:२२

काठमाडौँ : ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ । गुइडो रोड्रिगेजले पहिलो हाफमा गरेको गोल नै अर्जेन्टिनालाई ३ अंक दिलाउन निर्णायक बन्यो । ब्रासिलियास्थित स्टाडिओ नासिओनालमा शनिबार बिहान भएको खेलमा रोड्रिगेजले कप्तान लिओनल मेस्सीको क्रसमा गोल गरेका थिए ।

National Life

४७औं संस्करणको कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो । यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २-२ को बराबरी खेलेको थियो । उरुग्वेलाई हराएपछि अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ । यस्तै शनिबार बिहानै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० ले नै पराजित गरेको छ ।


एरेना पान्तानालमा भएको खलमा चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरेटनले निर्णायक गोल गरे । उनले एडुवार्डो भर्षासको पासमा गोल गरे । जितपछि चिलीले २ खेलबाट ४ अंक नै जोडेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया