• ११ असोज २०८३, आइतबार
  • ३ः३९ राती

युरोकपमा लगातार दोस्रो जितसहित इटली अन्तिम १६ मा प्रवेश

प्रकाशित मिति

२०७८ असार ३ गते, बिहीबार १०:२३

काठमाडौँ : इटली युरोकप-२०२० को अन्तिम १६ मा स्थान बनाउन पहिलो टिम बनेको छ । स्विट्जरल्याडलाई ३-० ले पराजित गर्दै समूह ए मा लगातार दोस्रो जित हात पारेको इटलीले एक खेल बाकी छँदै नकआउट राउण्डमा स्थान बनाएको हो । समूहए अन्तर्गत बुधबार राति घरेल मैदानमा भएको खेलमा मानुएल लोकाटेलीले दुई गोल गरेपछि इटलीले स्विट्जरल्याण्डमाथि सहज जित हात पारेको हो । यसअघि इटलीले उद्घाटन खेलमा टर्कीलाई पनि सोही नतिजामा हराएको थियो ।

National Life

रोमस्थित ओलम्पिक मैदानमा लोकाटेलीले दुवै हाफमा एक-एक गोल गरे । उनले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए भने ५२औं मिनेटमा दोस्रो गोल गरे । यस्तै सिरो इम्मोबाइलले ८९औं मिनेटमा गोल गरेपछि इटली ३-० ले विजयी भयो । १९औं मिनेटमा कप्तान जर्जिओ किलिएनीले गोल गरे पनि भिएबर रेफ्रीको रिभ्युपछि ह्याण्डबल भएकोले त्यसले मान्यता पाएन ।


जितपछि इटली २ खेलबाट ६ अंकसहित समूह ए मा शीर्ष स्थानमा छ । यस्तै वेल्सले २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । स्वीट्जरल्याण्डको २ खेलबाट १ अंक छ भने टर्की लगातार दुई हारपछि अंकविहिन छ । यस जितपछि इटलीले अपराजित यात्रा २९ खेलसम्म पुर्‍याएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया