मेचीमहाकाली पैदल यात्री कार्कीको रोकियो साईकल यात्रा !
प्रकाशित मिति
२०७८ असार १ गते, मंगलवार ०७:३०
काठमाडौं : दोलखा जिल्ला कालिन्चोक गाउँपालिका वडा नं।३ का अभिनय कार्कीको साइकल यात्रा स्थगित भएको छ । साइकल मार्फत् नेपालका ७७ वटै जिल्लाको यात्रामा निस्कने तर उनले यो योजना तत्कालका लागि स्थगित गरेका छन् । विश्वव्यापी महामारीको रुप फैलिएको कोरोना कारण आफ्नो साइकल यात्रा स्थगित गरेका हुन ।
यसअघि गत फागुन ६ गते आफ्नो जन्म दिनको अवसर पारेर १०० भन्दा बढी देशहरुको राष्ट्रिय झन्डा सहित ३७ दिनमा मेची(महाकालीको सफल पैदल यात्रा गरेका अभिनयले पैदल यात्रा सकिने बितिकै साइकल मार्फत् देशको यात्रा गर्ने योजना बनाएका थिए । सोही योजना सफल पार्ने असार ६ गतेदेखि यात्रामा निस्कने घोषणा गरी आवश्यक तयारीमा जुटेका थिए ।
तर “कोरोना महामारील गर्दा घोषणा गरिएअनुसार योजनाको कार्य धकेलिएको छ । तर कोरोना मत्थर भएपछि मेरो योजना सफल पार्ने गरी तयारी गरिरहेको छु । ” फ्रस्टेशनु, डिप्रेशनु र लागु औषध दुव्र्यसनलाई त्यागौँ, समृद्ध देश निर्माणका लागि युवाहरु एकजुट बनौँ,यही नाराका साथ सय दिनमा साइकलमार्फत नेपाल भ्रमण गर्ने उनको योजना हो । यस कार्यका लागि केही व्यक्तिहरुबाट सहयोग समेत प्राप्त भैइसकेको उनले बताए ।








प्रतिकृया