• ११ असोज २०८३, आइतबार
  • ८ः०८ बिहान

राष्ट्रिय क्रिकेट टिम पुरूष तर्फको जर्सि डिजाइन प्रतिस्पर्धामा भाग लिदै गुल्मेली पराजुली

प्रकाशित मिति

२०७८ असार १ गते, मंगलवार ०५:५७

काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमले प्रयोग गर्ने जर्सिको नयाँ डिजाइन खुल्ला प्रतिस्पर्धा मार्फत छनोट गर्ने भनी निर्णय भए बमोजिम गुल्मेली डिजाइनर घनश्याम पराजुलीले राष्ट्रिय क्रिकेट टिमको पुरूष तर्फको जर्सि डिजाइन गर्दै उक्त प्रतिस्पर्धामा भाग लिने भएका छन् ।

National Life

पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमले क्रिकेट क्षेत्रमा गरेको उत्साहजनक प्रगतिले आफू उत्साहित भएको र क्रिकेट क्षेत्र प्रति आफ्नो लगाभ कायम रहेकोले राष्ट्रिय क्रिकेट टिमको जर्सि डिजाइन गर्न आफुलाई हौसला मिलेको पराजुली बताउछन् ।


नेपाल क्रिकेट संघले जर्सि डिजाइनको मापदण्ड तोके बमोजिम नै आफुले जर्सि डिजाइन गरि आफुले तयार गरेको डिजाइन नेपाल क्रिकेट संघको इमेलमा पठाइसकेको उनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

भारतीय सेनाबाट अवकाश प्राप्त पराजुली हाल रेसुङ्गा नगरपालिका तम्घासमा बस्दै आइरहेका छन् । उनले पछिल्लो समय सरकारी तथा गैरसरकारी निकाय, स्थानीय सरकार, क्लब संघ संस्था आदिको नक्सा, साइन बोर्ड, लोगो, क्यालेन्डर, प्रचापम्प्लेट आदिको डिजाइन गर्दै आइरहेका छन् । उनले डिजाइन संगै लेख,रचना,साहित्यमा समेत कलम चलाउदै आइरहेका छन् ।

प्रतिकृया